राजपाको आन्दोलन : पर्सामा निर्वाचन कार्यालय घेराउ

220 Hits

पर्सा, १६ जेठ ।

निर्वाचनको विरोधमा आन्दोलन गर्दै आएको राष्ट्रिय जनता पार्टी, पर्साले मंगलबार विरगंजस्थित जिल्ला निर्वाचन कार्यालय घेराउ गरेको छ ।

राष्ट्रिय जनता पार्टी, जिल्ला कार्य समिति पर्साले मंगलबार विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म निर्वाचन कार्यालय घेराउ गरेको हो । निर्वाचन विरोधी गतिविधि संचालन गर्ने पार्टी केन्द्रको घोषित कार्यक्रम अनुसार मंगलबार ३ घण्टा जिल्ला निर्वाचन कार्यालय घेराउ गरिएको पार्टीका नेता प्रेमबाबु पटेलले जानकारी दिए । तीन घण्टा जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले कार्यालयमा तालाबन्दी गर्न भने प्रहरीले दिएन । जिल्ला निर्वाचन कार्यालयमै तालाबन्दी गर्न खोजेपछि आफूहरुले रोकेको प्रहरी उपरीक्षक गोविन्द साहले जानकारी दिनु भयो । पर्सामा निर्वाचन विरोधी गतिविधि हुन नदिन सुरक्षाकर्मीको व्यापक परिचालन गरिएको छ । राष्ट्रिय जनता पार्टी, नेपालले जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप नगरिएको भन्दै आगामी १८ गतेसम्मका लागि निर्वाचन विरोधी पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी