बृद्ध भत्ता थप नगरेकोमा जेष्ठ नागरिकहरुको आपत्ति

217 Hits

काठमाडौ, १६ जेठ ।
जेष्ठ नागरिकहरुले सरकारले ल्याएको बजेटमा वृद्धा भत्ता थप नगरेकोमा आपत्ति जनाएका छन ।

सोमबार सार्वजनिक गरेको बजेटमा वृद्धा भत्ता थप नगरिएपछि जेष्ठ नागरिकहरुले सरकार र सत्तारुढ काँग्रेस÷माओवादी केन्द्र नेतृत्वप्रति आक्रोशित भएका हुन । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले वृद्धा भत्ता महिनामा ५ देखि १० हजारसम्म बढाउने आश्वासन दिएर ढाँटको खेती गरेको भन्दै आपत्ति जनाएका छन । अग्रज समाज, नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले सरकारले वृद्धा भत्ता बढाउने भनेर आफूहरुलाई ढाँटेको भन्दै आपत्ति जनाए । उनले आफ्ना बाबु÷आमाको सम्मान गर्न नसक्ने सरकारले राष्ट्र र जनताको सेवा गर्न नसक्ने पनि स्पष्ट पारे ।

जेष्ठ नागरिकहरुले महिनामा ५ हजार वृद्धा भत्ता दिनुपर्ने माग गर्दै आएका छन । उनीहरुले यातायात र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न पनि सरकारलाई दवाव दिईरहेका छन । हाल सरकारले जेष्ठ नागरिकहरुलाई महिनामा २ हजार भत्ता दिँदै आएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी