एमाले कार्यकर्ताद्वारा आफ्नै उमेद्वारमाथि कुटपिट

271 Hits

झापा, १६ जेठ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नंं. ७ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार रमेश त्रिखत्रीले एमालेकै कार्यकर्ताबाट पिटाइ खाएका छन् ।

त्रिखत्रीलाई पूर्वएमाले कार्यकर्ता एवम् स्थानीय अर्जुनधारा माविका शिक्षक भोला पौडेलले कुटपिट गरेका हुन् । पौडेललाई यसअघि पार्टी हित विपरीत कार्य गरेको भन्दै एमालेले कारबाही गरेको थियो । शनिबार भोट माग्न पौडेलको घरमा पुगेका त्रिखत्रीलाई पौडेलले कुटपिट गर्नुका साथै वडा सदस्यका उम्मेदवार कमल निरौलामाथि पनि दुव्र्यवहार गरेको एमाले कार्यकर्ताले जनाएका छन् ।

कुटपिटपछि प्रहरी चौकी शनिश्चरेले पौडेललाई नियन्त्रणमा लिएको थियो । तर, एमालेका जिल्ला कमिटी सदस्य भोला परियार, क्षेत्रीय सचिव पुण्य सुवेदी र नगर अध्यक्ष प्रेमसागर सापकोटासहितको छलफलले समझदारीमा पौडेललाई रिहा गराएको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार पौडेललाई एमालेको पूर्ववत् जिम्मेवारीमा फर्काइएको छ भने उनकै घरमा निर्वाचन प्रचारप्रसार सुरु गर्ने तयारी गरिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी