शिक्षा, स्वास्थ्य, रोजगारमा बजेट

100 Hits

काठमाडौ, १६ जेठ ।

शहरी पुर्वाधार विकासको आधार भन्ने नाराका साथ सरकारले शहरी विकास तथा एकिकृत वस्ती विकासका लागि ३० अरब ४८ करोड बजेट विनियोजन गरेको छ । काठमाण्डौलाई सेटेलाईट सहर बनाउने लक्ष्यसहित जनता आवास कार्यक्रमलाई २ अरब ४४ करोड बजेटको व्यवस्था गरिएको छ । निर्वाचन क्षेत्र विकास कोष यथावत राख्दै विद्यालय शिक्षा सुधारमा ६६ अरब १२ करोड बजेट छुटयाइएको छ । जलासाययुक्त आयोजनालाई एकसाथ अघि बढाउने, नेपालकै पुरानो सरकारी अस्पताल वीर अस्पताललाई अत्याधुनिक बनाउनुको साथै आगामी तीन बर्ष भित्र सबैको स्वास्थ्य विमा गरिने योजना पनि सरकारले अघि सारेको छ ।

‘म स्वस्थ्यः मेरो देश स्वस्थ्य’ अभियानलाई सरकारी र निजी विद्यालयमार्फत् अघि बढाउने लक्ष्य सरकारले लिएको छ । सरकारले श्रम तथा रोजगार र सिप विकास कार्यक्रमका लागि १ अरब १४ करोड रुपैया बजेट विनियोजन गरेको छ । त्यसैगरी महिला विकास, हिंसा न्युनीकरण, जेष्ठ नागरिक , अनाथ बालबालिका लगायतको विकासमा २ अरब २३ करोड रुपैया छुट्याईएको छ । आगामी बर्षलाई खानेपानी तथा सरसफाई बर्षको रुपमा मनाउने गरी सोही अनुसारको ऐन निर्माण गरि खानेपानीको सुविधा नपुगेका १३ प्रतिशत जनसंख्यालाई आगामी २ बर्ष भित्र खानेपानी पुर्याउने गरि २२ अरब ७० करोड बजेटको व्यवस्था पनि गरिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी