नयाँ उर्जा र उत्साहका साथ निर्वाचनमा भाग लिन कार्यकर्तालाई राप्रपाको निर्देशन

190 Hits

काठमाडौ, १५ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नयाँ उर्जा र उत्साहका साथ भाग लिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा नयाँ उर्जा र उत्साहका साथ भाग लिन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । पार्टीको २८ औं स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई बोल्दै उनले एउटा निर्वाचनमा पराजय हुँदैमा पार्टीको सिद्धान्त र कार्यक्रम समाप्त भयो भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । अध्यक्ष थापाले मुलुकलाई निकास दिने शक्ति आफनो पार्टी मात्रै भएको दावी समेत गरे । उनले समृद्ध नेपाल निर्माण गर्ने अभिभारा आफनो पार्टीले मात्रै पुरा गर्ने पनि उल्लेख गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट सचेत हुँदै दोस्रो चरणको निर्वाचनमा सशक्त ढंगले अघि बढन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले अनपेक्षित परिणाम ल्याएपनि त्यसबाट निरुत्साही हुने अवस्था भने नरहेको दावी पनि गरे ।
राष्ट्रिय प्रजातन्त्री पार्टीले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पराजय हुुनुको कारणबारे समिक्षा गर्न आगामी २१ गते काठमाडौंमा अगुवा कार्यकर्ता भेला समेत बोलाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी