भरतपुर १९ मा पुन मतदान गराउन कांग्रेसको माग (विज्ञप्ति सहित)

280 Hits

भरतपुर, १५ जेठ ।

नेपाली कांग्रेसले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउन आग्रह गरेको छ। वडा नम्बर १९ को मत गणना भइरहेका मत परिणामलाई असर गर्ने गरी मतपत्र च्यातिएकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुन मतदान प्रक्रिया सुचारु गर्न कांग्रेसले माग गरेको छ।
आइतबार राति साढे ११ बजे वडा नम्बर १९ को मतगणना भइरहेको र कांग्रेसका उम्मेदवारहरुको विजयी सुनिश्चित भइसकेको समयमा घटेको घटनाप्रति कांग्रेसले खेद प्रकटसमेत गरेको छ।

कांग्रेस चितवनका सभाति जितनारायण श्रेष्ठले विज्ञप्ति जारी गरी घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेका छन्।

उनले निर्वाचन आयोगमा मतगणना प्रक्रियालाई व्यवस्थित गर्न पटक पटक आग्ह गर्दा समेत व्यवस्थित नगरिएकाले उक्त घटना घटेको उल्लेख गरेका छन्। मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिकाको मतगणना हिजो रातिदेखि स्थगित भएको छ।

get_img (1)

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी