आर्थिक क्षेत्रको सुधार उत्साहजनक

147 Hits

काठमाडौ, १४, जेठ ।
सरकारले आर्थिक क्षेत्रको सुधार उत्साहजनक रहेको जनाएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानको आर्थिक स्थितिको समिक्षा २०७४ र आर्थिक वर्ष २०७३÷०७४ को प्रगति विवरण’ संसदमा पेश गर्दै मुलुकको आर्थिक क्षेत्रको सुधार उत्साहजनक रहेको बताएका हुन् । उनले कृषि क्षेत्रको उत्पादनमा वृद्धि, पूँजीगत खर्चको वृद्धि, उर्जा व्यवस्थापन, लगानीको वातावरणमा सुधार मुलुकको आर्थिक क्षेत्रको सुधारको आधार भएको पनि स्पष्ट पारे । अर्थमन्त्री महराले चालू आर्थिक वर्षको अन्त्यसम्ममा आर्थिक वृद्धिदर ६ दशमलव ९४ प्रतिशत पुग्ने लक्ष्य लिइएको पनि स्पष्ट पारे ।

सरकारले सेवा क्षेत्रको विस्तार हुँदा मुलुकको आर्थिक क्षेत्रको संरचनामा नै परिवर्तन हुँदै गएको पनि स्पष्ट पारेको छ । अर्थमन्त्री महराले चालू आर्थिक वर्षको ८ महिनामा कूल बजेटको ४ खरव १६ करोड बजेट खर्च भएको पनि जानकारी दिए । सोमबार अपरान्ह ४ बजे बोलाइएको संसद बैठकमा सरकारले बजेट पेश गर्नेछ । बजेट अघि सरकारको नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षण पेश गर्ने संवैधानिक व्यवस्था छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी