फर्निचर पसलमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी

167 Hits

नेपालगन्ज, १४ जेठ ।
नेपालगन्जको धम्बोझी चोक नजिक रहेको श्रेया इन्टेरियल प्रालिमा भीषण आगलागी भएको छ । आगो करिब दुई घण्टादेखि नियन्त्रणमा लिने प्रयास भए पनि अझैँ पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । पंकज श्रेष्ठले सञ्चालन गरेको श्रेया इन्टेरियलमा रहेका कार्पेट र फर्निचर जलेर नष्ट भएका छन् । आगो नेपालगन्ज, कोहलपुर, गुलरिया र नेपालगन्ज एयरपोर्टको दमकलको सहयोगमा नियन्त्रणमा लिने कार्य भइरहेको बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए । उनले आगो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको जानकारी दिए ।

श्रेष्ठको पसलमा बिहान करिब ९ बजे आगलागी भएको थियो । बन्द पसलमा एक्कासी आगलागी भएको श्रेष्ठले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । आगोलागीका कारण आसपास पसल तथा होटलमा सामान्य क्षति पुगेको छ ।
नजिकैको ‘होटल सम्मान’मा मान्छे रहेको आशंकामा उद्धार गर्न जाँदा मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका प्रहरी निराजन बिक घाइते भएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । क्षतिको विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी