राजपा सहितको संघिय गठबन्धनलाई सरकारमा सहभागि गराउने देउवाको कसरत

229 Hits

काठमाडौ, १४ जेठ ।
नयाँ बन्ने सरकारको नेतृत्व गर्ने तयारीमा रहेको कांग्रेस राष्ट्रिय जनता पार्टी ‘राजपा’ सहितको संघिय गठबन्धनलाई पनि सरकारमा सहभागी गराउने कसरतमा लागेको छ ।
शनिबार दिउँसो सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस नेतृत्वले राजपालाई दल दर्ता र चुनाव चिह्न दिने गरी ऐन संशोधन गर्न पहल गर्ने आश्वासनमात्रै दिएन सरकारमा सहभागी हुँदा कुन मन्त्रालय माग्ने हो भनेर समेत सोधेको छ ।
श्रोतका अनुसार कांग्रेस नेतृत्वले छलफलको अन्त्यतर दिर्घकालिन रुपमै सहकार्य गर्नेगरि अघि बढौँ भनेर राखेको बतायो । तपाईँहरु सरकारमा जान कस्तो सहभागिता खोजीरहनुभएको छ ।
‘हामी छलफलमा बस्न तयार छौँ संगै मिलेर समस्या समाधान गर्ने त्यसबारे पनि ठोस प्रस्ताव लिएर आउनुस” ती कांग्रेस नेताले भने– “संगै भएपछि सबै कुरा मिल्छ उपयुक्त विकल्प यहि हो” । राजपाका नेताहरुले भने तत्काल आफुहरु माग सम्बोधन होस् भन्नेमा रहेको जवाफ दिँदै गठबन्धनले केहिदिन अघि औपचारिक निर्णय नै गरिसकेको जानकारी भएकै होला १ भनेर कटाक्ष गरे ।
खास सहमति नभएपनि बैठक सकारात्मक भएको स्वमं राजपाका नेताहरुले प्रतिक्रिया दिए । राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महत्तोले भने छलफल धेरै भए निश्कर्ष निस्किएको छैन् । “उनीहरु प्रयास जारी राखेका छौँ भन्नुहुन्छ परिणाम दिनुहुन्न । जहाँसम्म सरकारको कुरा छ जाँदै जाँदैनौँ त कसले भन्छ तर त्यसका लागि वातावरण हुनु पर्यो नि ।”
मोर्चाको माग पूरा गराउने कसरतमा लागेका देउवा र प्रधानमन्त्री प्रचण्डको पहलमा हिजो एमाले सहितको बैठकले चुनावमा सहभागी हुने भए दल दर्ता र चुनाव चिह्न दिने गरी ऐन संशोधन गर्न तयार हुने निर्णय गर्यो । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी एमाले र राजपाबीच द्विपक्षीय र सामूहिक वार्तामा संविधान संशोधन र स्थानीय तहको संख्या थप बाहेकका मधेसी मोर्चाका माग पूरा गर्ने सहमती बन्यो
कसरी हो रु सत्ताको भागवण्डा
तत्काल केही नभए कागेंस माओवादी गठबन्धनमा नयाँ बहुमतिय सरकार बन्नेछ । त्यसलाई अहिलेकै समिकरणको सर्मथन रहनेछ । राप्रपा उसले भनेजस्तो भए सरकारमा जाला तर, मधेस केन्द्रित दलहरु सहभागी होला कि नहोला भन्ने चर्चा गरिरहँदा केहिदिन अघि उसले गरेको औपचारिक निर्णय भुल्नु हुन्न ।
राजपाका नेताहरू भने स्पष्ट बोलीरहेका छैनन् । संविधान संशोधन र स्थानीय तहको संख्या थप नभए चुनावमा सहभागी हुने(नहुने भन्नेमा स्पष्ट देखिँदैन । शनिबार भएका छलफलमा सहभागी एक नेताले बताए– ‘राजपाका नेताहरूको धारणा एउटै छैन्’, ती नेताले भने– ‘कोही चुनाव चिह्न दिए चुनावमा सहभागी हुने कुरा गर्नुहुन्छ, कोहीले संशोधन र स्थानीय तहको संख्या नथपे चुनावमा सहभागी नहुने कुरा गर्नुभएको छ । तैपनि आइतबार पुनःबैठक बसेर निष्कर्षमा पुग्ने सहमति भएको छ ।’
यसलाई राजनीतिक विश्लेषकहरुले भने– ‘सत्ताको भागवण्डासंग जोडेका छन । विश्लेषक सुरेन्द्र केसी भन्छन्– ‘सबै सत्ताको निम्ति जे पनि गर्न तयार हुन्छन्, यसै भन्न सकिन्न । देउवा नेतृत्वमा बन्ने भनिएको मन्त्रिमण्डलमा राजपा नजानुपर्ने कारण छैन् । सर्मथन गर्ने तर, नजाने भनेको मन्त्रालयको कुरा नमिलेर हो । केसीका शब्दमा– “गच्छदारलाई हेर्नुस, उपेन्द्रको राजनीति बुझ्नुस् ” ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी