सोमबार भरतपुरको मेयर चुनिने, अझै प्रतिस्पर्धामै दुइ मेयर उमेद्वार

288 Hits

काठमाडौ, १४ जेठ ।
देशका ३ वटै महानगरपालिकाको मतपरीणाम आइसक्दा पनि भरतपुर महानगरको मत परीणाम आउन अझै एकदिन कुर्नपर्ने भएको छ । आइतबार दिउँसो २ बजेसम्म वडा नः २१ को गणना सकिने छ भने वडा नः १९ को मध्यरात सकिने र भोलि सोमबार बिहान ११ बजेसम्म वडा नः २० को मतगणना सकिने देखिएको छ । जेठ १ गतेबाट शुरुभएको गणना १५ औं दिनमा मात्रै सकिने छ । निकै नै पट्यार लाग्दो र अत्यास लाग्दो अवस्थामा यहाँ देखिन्छ । कर्मचारी, दलिय प्रतिनिधीहरु थाकेर हैरान भएका देखिन्छ । प्रतिस्पर्धा तीव्र भएका कारण सानासाना बिषयले पनि बेलाबेला मतगणना स्थगित हुँदा समय खाइरहेको छ । यहाँ २ पटकसम्म मतगणना स्थगित भयो । अब भने त्यो अवस्था नआउनेमा निर्वाचन अधिकृतको कार्यालयको विश्वास छ । यसो भएमा गणतन्त्र दिवसका दिन जेठ १५ गतेको बिहान भरतपुर महानगरले पहिलो मेयर पाउने छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी