जनताको घरदैलोमा पुग्न कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको निर्देशन

224 Hits

काठमाडौ, १२ जेठ ।
सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले जनताको घरदैलोमा पुग्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्री बुढाथोकीले राजनीतिक कार्यकर्ताहरु जनताको घरदैलोमा पुगी सकेको उल्लेख गर्दै अव कर्मचारीहरु पनि पुग्न ढिलाई गर्न नहुने स्पष्ट पारे । उनले स्थानीय तहको पहिलो निर्वाचनसँगै राजनीतिक कार्यकर्ताहरु जनताको घरदैलोमा पुगिसकेको बताए । उनले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुगेपछि त्यहाँ सहज ढंगले सेवा प्रवाह गर्नु आजको मुख्य चुनौति रहेको धारणा पनि राखे । उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन, अनुगमन समितिद्धारा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बुढाथोकीले राजनीतिक दलहरुले परिकल्पना गरेको व्यवस्था जनताको घरदैलोमा पुगेपनि त्यस अनुसारको सुवा, सुविधा उपलब्ध गराउने अनुभव भने नरहेको पनि उल्लेख गरे ।

मन्त्री बुढाथोकीले कर्मचारीहरुलाई उच्च मनोबलका साथ जनताको घरदैलोमा पु¥याउन सरकार प्रतिवद्ध रहेको पनि स्मरण गराए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी