घुस लिँदा लिँदै पक्राउ

92 Hits

काठमाडौ, १२ जेठ ।

जिल्ला शिक्षा अधिकारीले विद्यालयको भवन निर्माणबाट आफ्नै कार्यालयभित्रै घुस लिएको सुन्दा विश्वास लाग्न नसक्न सक्छ । तर, यहाँ त्यस्तै भएको छ ।
पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर देवलाई घुस लिएको रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ । विद्यलयको भवन निर्माणको लागि १९ लाख बिनियोजित रकम निकास गरेवापत तिवारी र देवले घुस लिएका हुन् ।
जिल्लाको नेराप्रावि मैनपुरका प्रधानाध्यापकसँग तिवारीले ५० हजार र इन्जिनियर देवले २० हजार बुझे लगतै दुबैलाई अख्तियारको टोलीले जिल्ला शिक्षा कार्यालय पर्साबाटै पक्राउ गरेको हो ।
अख्तियारीको टोलीले दुबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी