टायर पड्किदा ३ जेपालीको ज्यान गयो

250 Hits

काठमाडौ, ११ जेठ ।
संयुक्त अरब इमिरेट्स ९युएर्इ०को दुबर्इमा बस दुर्घटना हुँदा तीन नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीको क्रममा दुबईमा रहेका नेपाली दुर्घटनमा परेका हुन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रान्सगार्ड सेक्युरिटी कम्पनी अन्तर्गत होटल एटलान्टिसमा सेक्युरिटी गार्डमा कार्यरत ४१ कामदार रात्रिकालिन ड्युटी सकेर फर्कने क्रममा मंगलबार बिहान दुबर्इको शेख जायत रोडमा टायर पड्किँएर बस दुर्घटनामा भएको त्यहास्थित नेपालीले बताएका छन् ।
दुर्घटनामा परीबासुदेब लामिछाने र चितवनका कृ्ष्ण प्रसाद भुसाल रहेका छन् । एक जनाको पहिचान खुल्न सकेको छैन। घटनामा अन्य ३५ जना घाइते भएका छन् ।
घाइते हुने नेपालीहरुमा हरि धिमाल ९झापा०, सागर पराजुली र खेमराज कटुवाल ९मोरङ०, टेकप्रसाद गुरुङ ९चितवन०, गुनाबहादुर अधिकारी ९निजगढ०, धनबहादुर गुरुङ ९तँनहु० रहेका छन् ।
गम्भीर घाइतेमध्ये ६ जनाको दुबईको अल रशिद हस्पिटलमा उपचार भइरहेको बताइएको छ । अन्य घाइतेहरूको अल जहरा अस्पातल तथा दुबइ इन्भेस्टमेण्ट पार्क डिआइपीमा रहेको न्यू मेडिकल सेण्टरमा उपचार भइरहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी