रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा आज

279 Hits

images

काठमाडौ, ११ जेठ ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ । जात्रा अवलोकन गर्न राष्ट्रप्रमुख तथा उच्च पदस्थका व्यक्तिहरू उपस्थित हुने परम्परा छ ।
भोटो जात्राको दिन सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जात्रा गर्न सोमबार मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्याइएको थियो ।
रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार मत्स्येन्द्रनाथको जिम्मामा रहेको लोककथन रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो देखाइनेछ ।
जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी मानिसहरूले बोकी बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पुर्याउँछन् । भूकम्पले ध्वस्त बनेको मस्त्येन्द्रनाथको मन्दिर पुनर्निर्माण भइनसकेकाले मत्स्येन्द्रनाथको मूर्तिलाई मन्दिरपछाडि बनाइएको टहरामा राखिनेछ ।
मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पुर्याएपछि मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ । बौद्धहरूले करुणामयका रूपमा मानिने र सिद्धेश्वरका रूपमा पनि पुजिने मच्छिन्द्रनाथको जात्रा गोपाल वंशावलीमा भक्तपुरका नरेन्द्रदेव राजा र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने उल्लेख छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी