ओलिले टेरेनन् प्रचण्डलाई, बोलाउँदा पनि आएनन् वैठकमा

515 Hits

kepi with prachanda

काठमाडौ, १० जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन र प्रधानमन्त्रीले सम्बोधन गर्न पाएनन् ।

संसद सुचारु गर्ने प्रयासमा प्रधानमन्त्री प्रचण्डले विहान ९ बजे बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर, एमाले अध्यक्ष ओली गएनन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रचण्डले ओलीलाई दुई पटक फोन गरेर आउन आग्रह गरे । तर, एमाले अध्यक्ष नगएपछि बैठक नै हुन सकेन ।

अहिले तीन दलका नेताहरु संसदमा छन् । तर, तीन दलको बैठक बस्न सकेको छैन । आज अवेरसम्म सहमतिको प्रयास हुने माओवादी नेताहरू बताउँछन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी