गाउँपालीका प्रमुखमा पूर्व छापामार

254 Hits

maobadi-chunab-chinha

काठमाडौ, ९ जेठ ।
बलले होइन, सत्ताप्राप्ति जनताको अभिमतबाट हुन्छ भन्ने कुरा पूर्वछापामार प्रकाश घर्तीमगरले अहिले आएर प्रमाणित गर्नुपरेको छ ।
सशत्र युद्धबाट निस्केको १० वर्षपछि ताराखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उनलाई जनताको अभिमत स्वीकार गरेर अघि बढनुपर्ने चुनौती सिर्जना भएको हो ।
घर्तीमगरले भने–‘वि।सं। २०५२ मा अखिल क्रान्तिकारीको एकाइ समिति हुँदै राजनीतिमा प्रवेश गरेको हुँ । पछि विद्यार्थी संगठनकोे जिल्ला कोषाध्यक्ष र उपाध्यक्षसमेत भएँ ।’
तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र युद्ध चर्कंदै जाँदा उनी २०५८ सालमा सैन्य संगठनमा प्रवेश गरेका थिए । सशस्त्र संघर्षकाबेला प्लाटुन कमान्डर, कम्पनी कमान्डर, बटालियन कमान्डरसमेत भएर काम गरेको अनुभव घर्तीमगरसँग छ ।
पार्टी शान्ति–प्रक्रियामा आएपछि उनको राजनीतिक जीवनमा पनि फेरबदल आयो ।
‘सेनाबाट निस्केपछि म माओवादीको युवा संगठन वाइसीएलको जिल्ला अध्यक्ष भएर काम गरें’, अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य छु’–उनले भने ।
सशस्त्र युद्धबाटै समाज परिवर्तन गर्न सकिन्छ भन्ने घर्तीमगरको पुरानो मान्यता अहिले भने फेरिएको छ ।
शान्तिपूर्ण राजनीतिक अभ्यास र जनताको सेवाले घर्तीमगरलाई अहिलेको सफलता हात लागेको हो ।
विकासका योजना ल्याउने, जनताको पिरमर्कामा साथ दिने र असल राजनीतिक चरित्र भएकै कारण घर्तीमगरलाई जनताले विश्वास गरेका हुन् ।
आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दण्डपाणि कँडेललाई दुई हजार ३९४ मतले पछि पार्दै उनी गाउँपालिका प्रमुखमा विजयी भएका थिए । कुल खसेको मतमध्ये घर्तीमगरले तीन हजार ३५० र कँडेलले ९५६ मत प्राप्त गरेका थिए ।
सशस्त्र युद्धबाटसमेत बढी प्रभावित उक्त गाउँपालिकाका पाँचओटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
‘सशस्त्र युद्धमा पनि ताराखोलाको ठूलो योगदान छ, आज निर्वाचनमा पनि हामीले विश्वास आर्जेका छौं’–घर्तीमगरले भने ।
जनताको विश्वासलाई डगमगाउन नदिने र समृद्ध ताराखोला निर्माणमा जुट्ने र सबै राजनीतिक दल तथा पक्षहरुसँग सहकार्य गर्दै अघि बढ्ने उनको प्रतिबद्धता छ ।
सडक सञ्जालको स्तरोन्नति, कृषिको आधुनिकीकरण, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, स्वास्थ्य, पर्यटन, सूचना, प्रविधिलगायतका क्षेत्रको विकास गर्ने योजना घर्तीमगरले अघि बढाएका छन् ।
चुनाव प्रचारकैबेला ७३ वर्षीया बुबा प्रेमबहादुरलाई गुमाएका घर्तीमगरकी आमा, श्रीमती र एक छोरी छन् । उनकी श्रीमती केशरी घर्तीमगर व्यवस्थापिका–संसद सदस्यसमेत हुन् ।
प्राकृतिक स्रोत–साधनले धनी मानिने ताराखोला गाउँपालिकालाई आन्तनिर्भर बनाउने दायित्व पनि उनीसँग छ ।
गाउँपालिका उपप्रमुखमा पनि नेकपा माओवादीकै दिलकुमारी रोका विजयी भएकी छन् । प्रमुख, उपप्रमुखलगायत सबै पदाधिकारी, सदस्यले पदभार ग्रहण गरेर कामसमेत थालिसकेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी