भरतपुरमा चुनाव आफैले जित्ने रेणुको दावी

3076 Hits

Renu-Dahal-750x430

काठमाडौ, ९ जेठ ।
देशका चार महानगरमध्ये निकै महत्त्वसाथ हेरिएको भरतपुर महानगरमा अहिले मत गणना जारी छ । यहाँ मेयर पदका लागि मैदानमा एमालेका तर्फबाट देवी ज्ञवाली छन् भने माओवादी केन्द्रका तर्फबाट प्रचण्डपुत्रीसमेत रहेकी रेणु दाहाल रहेकी छन् ।
माओवादी र कांग्रेसबीच तालमेल भएसँगै उसलाई मेयरका लागि कांग्रेसले सघाएको छ भने उपमेयरमा माओवादीले कांग्रेसलाई सघाएको छ । मत गणना सुरु भएकै दिनदेखि यहाँ रेणु र देवीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । सुरुआतबाटै कहिले देवी अगाडि त कहिले रेणु अगाडि हुँदै आएका छन् ।
त्यसमा पनि अधिकांश समय देवीले नै रेणुलाई लिड गरिरहेका छन् । पछिल्लो मत पणिामअनुसार देवीले रेणुको भन्दा करिब ३५ सय भोट बढी ल्याएर अग्रता लिइरहेका छन् ।
यस्तो रामोञ्चक प्रतिस्पर्धा चलिरहेका बेला माओवादीकी रेणु दाहालले चुनाव आफूले नै जित्ने दाबी गरेकी छन् । उनले हालसम्म एमालेको प्रभाव क्षेत्रको मतगणना भएकाले आफू पछि परेको बताइन् ।
उनका अनुसार अब माओवादीको प्रभाव क्षेत्रको मतगणना सुरु हुने र त्यसबाट आफूले अग्रता लिने रेणुको दाबी छ । अन्ततः केही हजारको अन्तरले चुनाव आफूले नै जित्ने दाबी उनले गरेकी छन् ।
‘अहिलेसम्म जति पनि मतगणना भए, ती क्षेत्रमा एमालेकै प्रभाव क्षेत्रमा पर्छन्,’ रेणुले भनिन्, ‘अब हाम्रो प्रभाव क्षेत्र सुरु हुन्छ र क्रमशः म अगाडि आउँछु ।’
उनले अन्तिम समयमा आएर चुनाव आफूले नै जित्ने दाबीसमेत गरिन् । ‘अहिले तीव्र प्रतिस्पर्धा भए पनि चुनाव जित्नेमा म विश्वस्त छु ।’
भरतपुमा हालसम्म वडा नम्बर १ देखि १२ सम्म त्यसैगरी २८ र २९ मा मतगणना सकिएको छ । दुई दिनअघि मतगणनाक्रममा विवाद भएपछि अहिले एक वडा तल र एक वडा माथिबाट मतगणना गर्ने सहमतिअनुसार मतगणना भइरहेको छ ।
अब मत गन्ने वडाहरु १३, १४, २४ र २५ मा माओवादीले प्यानलै जित्ने र त्यसबाट आफूले हालको अन्तर घटाएर अग्रता लिने रेणुको दाबी छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी