तराईमा थपीए २३ स्थानिय तह, विरगञ्ज र विराटनगर बने महानगरपालिका

161 Hits
DSC2534-1-848x478काठमाडौं, ८ जेठ /
सरकारले विराटनगर र विरगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गर्दै तराइ मधेसका १९ वटा जिल्लामा २३ गाउँपालिका थप गर्ने निर्णय गरेको छ।

सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो । ‘कार्यदलको रिपोर्टका आधारमा यो निर्णय भएको हो’ सञ्चारमन्त्री राम कार्कीले भने ।

कार्यदलले राष्ट्रिय जनता पार्टी नेपालसँग सहमतिमा नै स्थानीय तहको संख्या बढाउने प्रस्ताव गरेको थियो । यसमा राजपा नेपालको सहमति रहेको नेताहरूले बताएका छन् ।

सरकारले, झापा, सिराह, धनुषा, बारा र कैलालीका एक एक गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको छ। त्यसैगरी रूपन्देहीका २, बाँकेमा २ र महोत्तरीमा ३ गाउँपालिकालाई नगरपालिकामा परिणत गरेको छ भने रौतहटका ११ गाउँपालिकालाई नगरपालिका बनाएको छ।

विराटनगरलाई महानगर बनाउन बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकीसिनवारी गाविस) तथा जदाह गाउँपालिकाको एक वडालाई गाभिएको छ ।

यो निर्णयसँगै मुलुकमा महानगरको संख्या ६ पुगेको छ । साथै देशभर स्थानीय तहको संख्या ७६६ भएको छ ।

सोमबार सर्लाही, नवलपरासी, रुपन्देही, कपिलवस्तुमा ३-३ थप भएको छ । सुनसरी, पर्सा र रौतहटमा २-२ स्थानीय तह थप भएको छ । तर, पर्साको एउटा स्थानीय तह वीरगञ्जमा गाभिएकाले त्यहाँ बढ्ने एक मात्र हो ।

यस्तै बारा, सप्तरी, धनुषा, बाँके र कैलालीमा पनि १-१ स्थानीय तह थप भएको छ ।

स्थानीय तह थप भएका जिल्लाहरु : 
सुनसरी- २
सप्तरी- १
धनुषा- १
सर्लाही- ३
रौतहट- २
बारा- १
पर्सामा-  २
नवलपरासी- ३
रुपन्देही- ३
कपिलवस्तु- ३
बाँके- १
कैलाली- १
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी