व्यवस्थापिका संसदको बजेट अधिवेशन सुरु

152 Hits

काठमाडौ, ८ जेठ ।
व्यवस्थापिका संसदको बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ ।

व्यवस्थापिका संसदको सोमबार बसेको बैठकमा राष्ट्रपति विद्या भण्डारीले बजेट अधिवेशन आह्वान गरेको पत्र सभामुख ओनसरी घर्तीले पढेर सुनाएपछि संसदको बजेट अधिवेशन औपचारिक रुपमै सुरु भएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दहालको सिफारिसमा नेपालको संविधानको धारा २ सय ९६ को उपधारा ६ बमोजिम संसदको बजेट अधिवेशन आह्वान गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल गर्न मंगलबार ११ बजे संसद बैठक पनि बोलाइएको छ । सभामुख घर्तीले अर्थ मन्त्रालको आग्रहमा मंगलबार आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूचि तय गरिएको पनि स्पष्ट पारे । व्यवस्थापिका संसदको नियमावली २०७३ मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नुपर्ने व्यवस्था गरिएको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट पेश हुनेछ । सरकारले बजेट पेश गर्नु अघि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गरेर आईतबार नै राष्ट्रपति विद्या भण्डारी समक्ष पेश गरिसकेको छ । सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी