सगरमाथा आरोहण गर्ने ३ जना विदेशी नागरिकको मृत्यु, एकजना बेपत्ता

194 Hits

imagesकाठमाडौ, ८ जेठ ।
सगरमाथा आरोहणक्रममा २ दिनभित्र ३ जना विदेशी नागरिकको मृत्यु र एकजना बेपत्ता भएको बताइएको छ ।
अलाबामाका ५० वर्षीय डाक्टर रोलान्ड इयरवुडको आइतबार बिहानै मृत्यु भएको जानकारीमा उल्लेख छ । इयरवुड २ वर्षअघिको भूकम्पका बेला सगरमाथामा आएको हिम पहिरोबाट बाँच्न सफल भएका थिए ।
स्लोभाकका पर्वतारोही भ्लादिमिर स्टारबाको पनि आइतबारै मृत्यु भएको वासिङ्टन पोस्टले उल्लखे गरेको छ । साथै, शनिबारदेखि हराइरहेका एक भारतीय पर्वतारोहीको खोजी कार्य जारी भएको बताइएको छ ।
यसका साथै, ५४ वर्षीया अस्ट्रेलियाका नागरिक फ्रान्सेस्को इन्रिको मार्चेटीको पनि मृत्यु भएको बताइएको छ ।
यसवर्ष सगरमाथा आरोहण गर्नेको संख्या उच्च रहेको त्यहाँका अधिकारीले बताएका जनाएका छन् । यसवर्ष ३ सय ७५ जनाले सगरमाथा आरोहणको पर्मिट लिएका छन्, जुन सन् १९५३ भन्दायताकै उच्च पनि हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी