मोरङमा मतदाता शिक्षा कार्यक्रम सुचारु

175 Hits

Matdata-sik6a-750x430

मोरङ, ८ जेठ ।
मोरङमा मतदाता शिक्षा कार्यक्रम सुचारु भएको छ । दोस्रो चरणको निर्वाचनअन्तर्गत जेठ ३१ गतेदेखि हुने स्थानीय तहको निर्वाचनका लागि मोरङमा ६४० मतदाता शिक्षा कार्यक्रमका लागि स्वयम्सेविका जेठ ५ गतेदेखि नै खटिसकेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।
मतदातालाई मतदान गर्ने प्रक्रियाका साथै मतपत्र पल्टाउने विधि सिकाउनका लागि घरदैलोमा खटिएका हुन् । यस कार्यक्रममा खटिएका स्वयम्सेविकालाई प्रत्येक वडाका वडासचिवले सुपरिवेक्षण गर्नेछ र यसका साथै विभिन्न राजनीतिक दलका कार्यकर्ता सो टोलीका साथ मतदाताको घरदैलोमा पुग्ने कार्यक्रम रहेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।
मतदाता कार्यक्रममा नखटिने कार्यकर्तालाई अविलम्ब हटाइने र काम गरेको भत्तासमेत रोक्का गरिने छन् । ती कार्यकर्तामाथि अनुगमन गर्नका लागि सुपरिवेक्षकको रुपमा रहेको वडा सचिवलाई समेत निर्देशन दिइसकिएको कार्यालय प्रमुख सञ्जेलले जानकारी गराए ।
प्रथम चरणको मतदानमा मतपत्र बदरको सङ्ख्या अत्यधिक देखिएकाले सो टोलीमा बढी सजग गराउनुका साथै मतदाता शिक्षा कार्यक्रमलाई सफल बनाउनका लागि राजनीतिक दललाई समेत अपिल गरिएको छ ।
मुलुकमै सबैभन्दा बढी मतदाता रहेको मोरङमा छ लाख ५१ हजार मतपत्रका साथै एक हजार १०६ वटा ८५ लिटर नयाँ मतपेटिकासमेत प्राप्त भइसकेको बताइएको छ । यस जिल्लामा पाँच लाख ६३ हजार ८७० मतदाता छन् ।
मोरङमा एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी