लेखनाथ महानगरको मतगणना सुरु, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति

198 Hits

काठमाडौ, ८ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकामा देखिएको मतगणना विवाद समाधान भएको छ । विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति दलहरुबीच भएको छ । यो सहमतिसँगै दिउँसो एक बजेबाट मतगणना शुरु हुने भएको छ ।
फर्जी भनिएको मतपत्रमा केही चाक्लो देखिने स्वस्तिक छापको मुचुल्का निर्वाचन कार्यालयले देखाउने सहमतिमा मतगणना शुरु गर्न कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी र नयाँशक्ति सहमत भएका हुन् । सहमतिअनुसार निर्वाचन कार्यालयले अब दलहरुलाई चाक्लो स्वस्तिक छापको सक्कलको मुचुल्का देखाउनुपर्नेछ ।
त्यस्तै, अन्य वडामा पनि त्यस्ता विवादित मतपत्र र स्वस्तिक छाप भए मुचुल्का देखाउनुपर्ने सहमति भएको छ ।
यसअघि चाक्लो स्वस्तिक छापले सूर्यमा प्यानल भोट हालेको र उक्त मत पत्रमा मतदान अधिकृतको २ वटा हस्ताक्षर भएको भेटिएपछि अन्य दलहरुले त्यसको विरोध गर्दै मतगणना बहिस्कार गरेका थिए । उनीहरुले विवादित स्वस्तिक छापको मुचुल्का देखाउनुपर्ने भन्दै मतगणना नै बहिस्कार गरेपछि मतगणना अबरुद्ध भएको थियो ।
विवाद समाधान भएसँगै अब मतगणना सहज रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
सहमतिसँगै मतगणना शुरु हुने भएपनि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ मा देखिएको विवाद भने समाधान भइसकेको छैन ।
मतदान भएको ९ दिन भइसकेपनि मतगणनामा भएको ढिलाइले नतिजा सार्बजनिक भएको छैन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी