दोश्रो चरणको निर्वाचनमा मधेशी मोर्चाले भाग लिने प्रधानमन्त्रीको विश्वास

180 Hits

579f0db8658a98.46971431

काठमाडौ, ७ जेठ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चाले दोस्रो चरणको निर्वाचनमा भाग लिने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचन ठूलो उत्सवको रुपमा सम्पन्न हुने दावी समेत गरे । आईतबार जनकपुरमा स्थानीय संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको निर्वाचनभन्दा दोस्रो चरणको निर्वाचन बढि उल्लासमय वातावरणमा सम्पन्न हुने उल्लेख गरे । उनले दोस्रो चरणको निर्वाचन समयमै सम्पन्न हुनेमा शंका नगर्न पनि सबैमा आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चाको माग आंशिक भएपनि सम्बोधन गरेर निर्वाचनमा जाने पनि स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले सरकार दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारीमा जुटेको पनि बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी