सर्वदलिय बैठकमा सहमती नजुटेपछि पोखरा लेखनाथ महानगरपालीकाको मतगणना अन्योलमा

187 Hits

Voting

कास्की, ७ जेठ ।
पोखरा–लेखनाथ महानगरपालिकामा फर्जि मत भेटिएपछि स्थगित भएको मत गणना सुचारु गर्न आज बसेको सर्वदलिय बैठक विना निश्कर्ष सकिएको छ । महानगरको १७ नम्बर वडाको मत गणना गर्दा फर्जी मत भेटिएको भन्दै विवाद भएपछि शनिबारबाट स्थगित मतगणना सुचारु गर्न आइतबार सर्वदलिय बैठक बसेको थियो । झण्डै डेढ घण्टा बसेको सर्वदलिय बैठकमा दलहरुले आ–आफ्ना अडान नछाडेपछि सहमति नजुटेको हो ।

सहमति नजुटेपछि घट्नाबारे निर्वाचन आयोगलाई पत्र पठाउने तयारी भइरहेको छ । शनिबार मतगणनाका क्रममा सूर्य चिन्हमा स्वस्तिक छाप ठुलो आकारको भेटिएको भन्दै माओवादी–काँग्रेस गठबन्धनले विरोध जनाएपछि मतगणना स्थगित गरिएको थियो ।

३३ वडा रहेको पोखरा–लेखनाथ महानगरपालिकाको १५ वटा वडाको मत गणना भैसकेको छ । जसमा कांग्रेसले आठ र एमालेले सात वटा वडाअध्यक्ष जितेका छन् । अझै १७ वटा वडाको मत गणना बाकी छ । १५ वडाको मत गनिसक्दा पोखरालेखनाथमा मेयरमा एमालेका मानबहादुर जिसीले अग्रता लिँदै आएका छन् । जिसीले २० हजार ४ सय ७९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका रामजी कुवँरले १८ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी