निर्वाचनमा साझा उमेद्धार बनाउने संघीय समाजवादी फोरमको प्रस्ताव

154 Hits

काठमाडौ, ७ जेठ ।
संघीय समाजवादी फोरम, नेपालले मधेशी मोर्चाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा तराई÷मधेशमा साझा उम्मेदवार बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ ।

अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकार प्राप्त गर्न पनि मधेशी मोर्चा एकतावद्ध भएर दोस्रो चरणको निर्वाचनमा जानुपर्ने आवश्यक्ता औल्याए । आईतबार जनकपुरमा स्थानीय संचारकर्मीसँग कुरा गर्दै उहाँले मधेश विरोधी शक्तिलाई पराजित गर्न पनि मधेश केन्द्रित दलहरुले स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवार बनाउनुपर्ने स्पष्ट पारे । अध्यक्ष यादवले सबै मधेशवादी दलहरु स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष यादवले प्राप्त उपलब्धिलाई संस्थागत गर्न र थप उपलब्धि प्राप्त गर्न पनि आफनो पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिने नीति लिएको पनि स्पष्टिकरण दिएका छन् । उनले स्थानीय तहको निर्वाचनलाई मधेशको अधिकार प्राप्तीको आन्दोलनको कडीको रुपमा लिइएको दावी समेत गरे ।

अध्यक्ष यादवले मधेश केन्द्रित दलहरु सशक्त नभए मधेशको माग सम्बोधन नहुने पनि उल्लेख गरे ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी