सरकारले तयार पारेका कार्यक्रम यस्ता छन्

208 Hits

 

काठमाडौ, ७ जेठ ।

सरकारले आफ्नो नीति तथा कार्यक्रम तयार पारेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आईताबार विहान बसेको मन्त्रीपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्दै अपरान्ह ५ बजे राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो । संविधान कार्यान्वयन, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने र राष्ट्रिय महत्वका आयोजनाहरुलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम तयार पारिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । जेठ १५ गते काम चलाउ बजेट पेश गर्ने तयारीमा रहेको सरकारले त्यस अघि नै सरकारको नीति तथा कार्यक्रम तयार पारेको हो । नीति तथा कार्यक्रमले दैनिक प्रशासनिक कामलाई पनि उच्च प्राथमिकता दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट अघि नै राजीनामा दिने भएकाले आंशिक बजेट ल्याउने तयारी गरेको हो । प्रवक्ता कार्कीले राष्ट्रपतिसँगको परामर्शपछि संसदमा नीति तथा कार्यक्रम पेश गर्ने मिति तय हुने पनि स्पष्ट पारे । बजेट पेश गर्नु अघि नै संसदमा सरकारले नीति तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री दाहालले काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेपछि नयाँ सरकारले पूर्ण बजेट पेश ल्याउनेछ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी