१० जना वरिष्ठ साहित्यकार सम्मानित

240 Hits

काठमाडौ, ६ जेठ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले १० जना वरिष्ठ साहित्यकारहरुलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले आफ्नो हीरक जयन्तिको अवसर पारेर शनिवार एक कार्यक्रमका बीच नेपाली साहित्यमा योगदान पु¥याएका १० जना वरिष्ठ साहित्यकाहरुलाई सम्मान गरेको हो । नगद १ लाखसहित सम्मानित हुनुहुने वरिष्ठ साहित्यकारहरुमा आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराँती, डा. तारानाथ शर्मा, तेजेश्वर बाबु ग्वंग, दीपेन्द्रनारायण मिश्र, नारायणप्रसाद शर्मा, रमा शर्मा, शंकरनाथ रिमाल र शान्तदास मानन्धर रहेका छन् । विभिन्न विधामा रही नेपाली साहित्यमा अतुलनीय योगदान दिनु भएकाले १० जना वरिष्ठ साहित्यकारहरुलाई नगद १ लाखसहित सम्मान गरिएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले जानकारी दिए । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले सरकारले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विविधायुक्त समाजलाई जोड्ने काम कला, साहित्य र संस्कृतिले गर्ने उल्लेख गरे । सचिव अधिकारीले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन र मुलुकको सार्वभौमिकताको रक्षा गर्न पनि साहित्य, कला र संस्कृतिले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य र कला क्षेत्रको विकासका लागि विभिन्न गतिविधि संचालन गर्दै आएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी