पहिलो निर्वाचनमा अपेक्षित गरे अनुसारको नतिजा आएन : नेपाली कांग्रेस

222 Hits

काठमाडौ, ४ जेठ ।
नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको निर्वाचनको प्रारम्भिक नतिजा अपेक्षा गरे अनुसार नआएको निष्कर्ष निकालेको छ ।
विहिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकले पहिलो चरणको निर्वाचनको समिक्षा गर्दै प्रारम्भिक नतिजा पार्टीले अपेक्षा गरे अनुसार नभएको निष्कर्ष निकालेको हो । काँग्रेसले दोस्रो चरणको निर्वाचनको परिणाम पार्टीको पक्षमा पार्न प्रभावकारी ढंगले अघि बढ्ने निर्णय पनि गरेको छ । पहिलो चरणको स्थानीय तहको प्रारम्भिक नतिजा पार्टीले अपेक्षा गरे अनुसार नआएको निष्कर्ष निकालिएको पार्टीका महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए ।
नेपाली काँग्रेसले जेठ तेस्रो साता पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने पनि स्पष्ट पारेको छ । जेठ १० गते भित्र सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिने र तेस्रो साता पार्टी सभापति देउवाको नेतृत्वमा सरकार गठन हुने नेता महेश आचार्यले बताए । काँग्रेस सभापति देउवाले आफू नेतृत्वको सरकारमा राष्ट्रिय जनता पार्टी, नेपाललाई पनि सहभागी गराउन पहल गरिरहेका छन् ।
जेठ १५ गतेको बजेट भने दाहाल नेतृत्वको काम चलाउ सरकारले नै ल्याउने सहमति पनि सत्तारुढ काँग्रेस र माओवादी केन्द्रबीच यसअघि नै भईसकेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी