६ नंबर प्रदेशमा माओवादी पहिलो, एमाले दोश्रो, कांग्रेस तेस्रो

277 Hits

काठमाडौ, ३ जेठ ।
तीन वटा प्रदेशका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचन अन्तर्गत विभिन्न जिल्लाको मत परिणाम आउने क्रम तीव्र बनेको छ । देशको समग्र परिणाममा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो छ ।
तर, प्रारम्भिक नतिजाका आधारमा विश्लेषण गर्दा ६ नम्बर प्रदेशमा भने माओवादी केन्द्र पहिलो दल बन्ने संकेत देखिएको छ । यो प्रदेशमा एमाले दोस्रो र कांग्रेस तेस्रो बन्ने संकेत देखिएको छ ।
प्रदेश नम्बर ६ मा साढे ९ जिल्ला छन् । यहाँको कुल स्थानीय तह संख्या ७८ रहेको छ । यसमध्ये ३९ स्थानको मत परिणाम आइसकेको छ । यो परिणामध्ये १४ स्थानमा माओवादीले जितेको छ भने एमालेले १३ स्थानमा जितेको छ । यस्तै, कांग्रेसले १० स्थानमा जितेको छ ।
प्रदेश नम्बर ६ का दुई वटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रदेश नम्बर ६ का केही स्थानीय तहको मगणनाको अग्रता अनलाइनखबरलाई प्राप्त भएको छ । अग्रताको हिसाबले विश्लेषण गर्दा एमाले ८ स्थानमा अगाडि छ भने माओवादी ७ र कांग्रेस ६ स्थानमा अगाडि छ ।

६ नं प्रदेशमा अग्रताकाे अवस्था यस्तो छ-

एमालेले अग्रता लिएका स्थान

१. वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
२. पञ्चपुरी नगरपालिका सुर्खेत
३. लेकबेंसी नगरपालिका सुर्खेत
४. चौकुने गाउँपालिका सुर्खेत
५. सिम्ता गाउँपालिका सुर्खेत
६. भेरी नगरपालिका, जाजरकोट
७. छेडागाड नगरपालिका, जाजरकोट
८. कपुरकोट गाउँपालिका सल्यान
९. छत्रेश्वरी गाउँपालिका, सल्यान

माओवादीले अग्रता लिएका स्थान

१. दुल्लु नगरपालिका दैलेख
२. त्रिवेणी नगरपालिका जाजरकोट
३. सान्नी त्रिवेणी गाउँपालिका जाजरकोट
४. बागचौर नगरपालिका, सल्यान
५. बनगाड कुपिन्डे नगरपालिका सल्यान
६. कालीमाटी गाउँपालिका सल्यान
७. चौरजहारी नागरपालिका रुकुम
८. आठबीसकोट नगरपालिका रुकुम

कांग्रेसले अग्रता लिएका ५ स्थान

१. भेरीगंगा नगरपालिका सुर्खेत
२. गुर्भाकोट नगरपालिका सुर्खेत
३. बराहताल गाउँपालिका सुर्खेत
४ चन्दननाथ नगरपालिका, जुम्ला
५. शारदा नगरपालिका, सल्यान

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी