काठमाडौ माहानगरपालिकाको मतगणना आजपनि जारी, कहिले आउला परिणाम?

241 Hits

काठमाडौ, ३ जेठ ।
काठमाण्डौ महानगरपालिकाको मतगणना जारी छ ।

महानगरपालिको वडा नम्बर १ को मतगणना सकिएको छ । वडा नम्बर एकको अध्यक्षमा भरतलाल श्रेष्ठ नेकपा एमाले, सदस्यहरुमा रसल्ला तण्डुकार नेकपा एमाले, अशोक कुमार बाडा नेकपा एमाले, राजकुमार श्रेष्ठ नेपाली कांग्रेस र मिना सुनार(दलित) नेपाली कांग्रेस बाट बिजयी भएका छन् । वडा नम्बर १ को नतिजा सार्वजनिक भए लगत्तै मत गणनास्थल राष्ट्रिय सभागृह अगाडि नै उम्मेदवारका समर्थक, आफन्त लगायतले बाजा गाजा सहितको विजय उत्सव मनाएका छन् ।

काठमाण्डौ महानगरपालिकाको मतगणना सोमबार मध्यान्हबाट सुरु गरिएको थियो ।

मतगणनाको पछिल्लो परिमाणमा महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य अग्रपक्तिमा देखिनुभएको छ । त्यसैगरी दोश्रोमा नेपाली कांग्रेस, तेश्रोमा विवेकशिल र चौथोमा साझा पार्टीका उम्मेदवार रहेका छन् । काठमाण्डौ महानगरपालिका अन्र्तरगत ३५ वटा वडा छन् । स्थानीय तह निर्वाचनको पहिलो चरण अन्र्तगत आईतबार प्रदेश नम्बर ३, ४ र ६ मा मतदान भएको हो । काठमाण्डौ जिल्लामा काठमाण्डौ महानगरपालिका सहित गोकर्णश्वर, शंखरापुर, कागेश्वरी, बुढानिलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्दागिरी, र्कितिपुर, दक्षिणकालि , टोखा नगरपालिका गरी ११ वटा स्थानीय तह छन् ।

काठमाडौ महानगरपालिकाको नतिजा कहिले आउने हो भन्ने जिज्ञासा सवैमा छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी