डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका मेयर तथा उपमेयरमा नेकपा एमाले विजयी

71 Hits

डोल्पा,

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका मेयर तथा उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरका उम्मेदवार ओम बहादुर बुढाले १६०९ मत प्राप्त गरी विजयी भएका छन् । उपमेयरमा चन्द्रा कुमारी बुढाले १८४५ मत ल्याएर विजयी भएका छन् । कांग्रेसबाट मेयरमा उठेका दिलबहादुर बिष्टले १५९१ मत प्राप्त गरे । कांग्रेसका उम्मेदवार बिष्ट भन्दा एमालेका उम्मेदवार बुढाले १८ मत वढी ल्याएर विजयी भएका हुन् ।

माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रामलाल बिकले ८३७ मत प्राप्त गरे । यस्तै कांग्रेसबाट उपमेयरका उम्मेदवार बुद्धा कुमारी शाहीले १०६४ मत प्राप्त गरेकी छन् । माओवादीबाट उपमेयरका उम्मेदवार काली चलाउनेले ९५५ मत प्राप्त गरिन् । उक्त नगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार कर्मसिंह थापा २८३ मत सहित प्यानलनै विजयी भएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी