सिन्धुलीको मरिण गाउँपालिकामा सवै पद माओवादीको पोल्टामा

187 Hits

download
सिन्धुली २ जेठ ।
सिन्धुलीको मरिण गाउँपालिकाका सबै पदमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार पानीराज बम्जन ४ हजार ४ सय ८४ मतका साथ विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १ हजार ७ सय ७३ मत पाए ।
गाउँपालिकाको उपप्रमुखमा पनि माओवादी केन्द्रकै संगिता माझीको पल्लाभारी भएको छ । उनी ४ हजार २ सय ३३ मत ल्याएर विजयी भइन् । एमालेकी शर्मिलाकुमारी माझीले १ हजार ८४७ मत पाइन् ।
गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुमा पनि माओवादी केन्द्रले एकलौटी जित हात पारेको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय, सिन्धुलीले गाउँपालिकाको सबै पदमा माओवादी केन्द्रले कांग्रेस( एमालेलाई ‘क्लिन स्वीप’ गरेको जानकारी दिएको छ ।
तीन नम्बर प्रदेशअन्तर्गतको स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको यो पहिलो नतिजा हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी