भक्तपुर नगरपालिका १ मा नेमकिपा को प्यानल विजयी

192 Hits

भक्तपुर, २ जेठ ।

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । भक्तपुर नगरपालिकाको वडा नं १ को मंगलबार बिहान सम्पन्न मतगणनामा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भई खाता खोलेको हो ।
खत्रीले एक हजार ३७६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पवन भुजुले ५०४ मत ल्याएका थिए भने एमालेका नारायणसुन्दर सिन्ताकलले ४३८ मत ल्याएका थिए । महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भएका छन् ।
पछिल्लो मतगणना परिणाम अनुसार भक्तपुरको नगर प्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले एक हजार ५९७ र उपप्रमुखमा रजनी जोशीले एक हजार ५९२ मत ल्याई अग्रता कायम राखेका छन् भने नेपाली कांग्रेसका राम कासुलाले ५२४ र गङ्गा अवालले ५०३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अष्ट कवेको अग्रता कायम नै रहेको छ । मध्यपुरथिमि–१ को दुईहजार ९३७ मतमध्ये एक हजार ७५० मतको गणना हुँदा कवेले ८७७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले ७०६ मत ल्याई कवेलाई पछ्याउँदैछन् ।
उपप्रमुखमा कांग्रेसका अञ्जना मधिकर्मीले ७८२ र नेमकिपाका केदार खड्काले ४८५ मत प्राप्त गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी