चितवनमा मतगणना ढिलाइ भएसँगै नारावाजी

91 Hits

चितवन, १ जेठ ।

चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएको भन्दै नेकपा एमाले लगायतका सर्वसाधरण मतदाताले नाराबाजी सहित प्रर्दशन गरेका छन् ।

भरपुर जिल्ला विकास समिति अगाडिको कभड हल वरपरको क्षेत्रमा मतगणना सुरु गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो । मत गणनाको तयारी स्वरुप बसेको सर्वदलिय बैठकमा मत गणनाका लागि न्युनतम मापदण्डका विषयमा नै सहमति जुट्न नसकेपछि मतगणनामा ढिलाई भएको हो । सर्वदलिय छलफलमा मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले मत पेटिकामा भएका मतपत्र सबैको गणना गर्नुपर्ने र राजनीतिक दलका नेताहरुले मुचुल्का अनुसार मत गणना गर्नुपर्ने अडान लिए पछि सहमति हुन नसकेको हो । चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस र नेकपा माओवादीले चुनावी तालमेल गरेका छन् । कांग्रेस र नेकपा माओवादीको चुनावी तालमेल अनुसार मेयरमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवाली प्रतिष्पर्धामा छन् । ३ लाख १३ हजार ३ जना मतदाता संख्या रहेको चितवन जिल्लाको भरतपुर महानगरपालिकामा मात्रै १ लाख ५० हजार २ सय ७४ मतदाता छन् । भरतपुर महानगरपालिका, इच्छाकामना गाउपालिका तथा कालिका, रत्ननगर, राप्ती, खैरहनी र माडी नगरपालिका गरी चितवन जिल्लामा ७ वटा स्थानिय तह छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी