देशभर मतगणना जारी, कांग्रेशको अग्रता

446 Hits

काठमाडौ, १ जेठ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार मतदान भएका अधिकांश स्थानमा मतगणना जारी छ साथै मत परिणाम पनि आउने क्रम सुरु भएको छ ।
ललितपुर महानगरपालिकाको मतगणना जारी छ । प्रारम्भिक नतिजामा ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार अगाडी रहेका छन् ।
कांग्रेसका चिरिबाबु महर्जनलाई एमालेका हरिकृष्ण ब्यञ्जनकारले पछ्याइरहेका छन् । माओबादी केन्द्रका दिपेश महर्जन निकै पछाडी छन् ।
ललितपुरकै महालक्ष्मी नगरपालिका, महाँकाल र कन्ज्योसोम गाउँपालिकामा मतगणना सुरु भएको छ ।
काठमाडौंको शंखरापुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली र कीर्तिपुरमा पनि मतगणना भइरहेको छ । शंखरापुर र कीर्तिपुरमा एमाले उम्मेदवार अगाडि देखिएका छन् ।
मतगणना भइरहेका अधिकांश स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ ।
केहीमा कांग्रेसका उम्मेदवार अघि छन् भने केहीमा एमालेका उम्मेदवार अघि देखिएका छन् । अधिकांश स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु तेस्रो स्थानमा छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी