विप्लव समुहद्वारा माओवादी केन्द्रका उमेद्वारको अपहरण

241 Hits

मकवानपुर, ३० बैशाख ।
मकवानपुरको मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेपाल कम्युनिष्ट पार्टीले शनिबार बिहानै अपहरण गरेको छ ।
उप्रेतीको परिवार र गाउँलेकाअनुसार उप्रेतीलाई नेकपाले अपहरण गरेको हो ।
यतिबेला उप्रेतीको खोजीका लागि हेटौंडाबाट प्रहरी निरीक्षक मधु थापाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आफ्ना विभिन्न संगठनमा आबद्ध व्यक्तिलाई कुनै अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिएको जनाउँदै नेकपाले पनि उम्मेदवार उप्रेतीलाई अपहरण गरेको बताइएको छ ।
घटनाको जिम्मा लिँदै नेकपाले कुनै अपराधजन्य कार्यमा सहभागी नभए पनि विभिन्न पेसा, व्यवसाय गरिबसेका आफ्ना दलका शुभचिन्तक, समर्थक र कार्यकर्तालाई मानसिक यातना दिने तथा नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाएको छ ।
उम्मेदवार उप्रेतीको खोजीलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी