आइतबारको निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा

26881 Hits

nirbachan-aayog
काठमाडौ, ३० बैशाख ।
आईतबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्धारित मत केन्द्रहरुले आफ्नो तयारी पुरा गरेका छन् ।

स्थानीय तहमा तोकिएको हरेक मतकेन्द्रमा आवश्यक भौतिक संरचनाको निर्माण र व्यवस्थापनको कार्य सकिएको छ । मतदान स्थलतमा महिला, पुरुष, असक्त, वृद्धवृद्धाका लागि छुट्टा छुटुटै स्थान बनाइएको छ । त्यसैगरी निर्वाचन अधिृकृत , नाम रुजु गर्नेहरु, परिचय पत्र बाड्ने, तथा पर्यवेक्षक, पत्रकार र सुरक्षा निकायका लागि आ आफ्ना स्थान बनाईएको छ । स्थानिय स्तरमा प्राप्त भएका बाँस तथा फलाम प्रयोग गरि डोरी लगाएर मतदाताका लागि लाईनमा बस्ने व्यवस्था मिलाईएको छ । मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतहरुले मतदानका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको जनाएका छन् । मतदाता शिक्षाका लागि मतकेन्द्रहरुमा निर्वाचन आयोगबाट खटिएका स्वयमसेवकले परिचपत्र लिन आउने मतदातालाई पनि मत राख्ने तरिका सिकाईरहेका छन् ।

मतकेन्द्रमा खटिएका निर्वाचन अधिकृतले मतदाता परिचय पत्र बाड्ने कामलाई आज पनि निरन्तरता दिएका छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत प्रदेश नम्बर ३ , ४ र ६ मा बैशाख ३१ गते अर्थात् भोली मतदान हुदैछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी