यसरी नै संभव छ नेपालको बिकाश र संवृद्धि

1115 Hits

18448183_1336608079767535_1139054812_nकाठमाडौ, ३० बैशाख ।

बिभिन्न राजनैतिक दलहरुको चुनाबी घोषणापत्र गाउ गाउमा,सबैको हात हातमा देख्न सकिन्छ यति खेर । आफुलाइ भोट राखे बिस पच्चिस बर्षमा करिब पाँच हजार डलर प्रती ब्याक्ती आय बनाउछु भनेर सपना बाडेको देख्न सकिन्छ । के साच्चै संभावना छ त।एउटा बुझ्ने शिक्षित उम्मेदवारले कुनै सपना नै नदेखे पनि संभावना छ किनभने अहिले निर्माणको क्रममा तथा उत्पादन भैराखेको हाइड्रोपावरहरु उत्पादनको मितिले पच्चिस बर्षमा स्वत सरकारी स्वामित्वमा जान्छ।

हालको चिलिमे,नेसनल हाइड्रोपावर,खिम्ती,भोटेकोशी जस्ता कम्पनीहरु सबै दस बर्ष भन्दा माथी भैसकेको छ।अबको करिब पन्ध्र बर्ष सरकारी स्वामित्वमा स्वत जान्छ ।अहिलेको आर्थिक बर्षमा उत्पादन सुरु गरेको कम्पनिहरु पनि पच्चिस बर्षमा सरकारी हुने भएकोले पनि प्रतीब्यक्ती आयमा वृद्धि हुनु कुनै नौलो कुरा हुनेछैन।अबको पच्चिस बर्ष भित्र नेपालमा थोरैमा पनि दसहजार मेघावाट बत्ती उत्पादन हुन सक्छ । सो कारण पनि देशको आर्थिक वृद्धिदर बढ्ने पक्का छ, सुरुवातमा नै सरकारलाइ हाइड्रोपावरले कर रोयल्टी राजस्व तिरेको हुन्छ भने,निर्धारित मिति सकिन लागेको कम्पनीले अर्बौ कमाइ गरिरहेको कम्पनी स्वोत सरकारी हुदा आर्थिक वृद्धि दर बढ्न जान्छ र प्रती ब्याक्ती आय पनि बढ्छ। भने कृषी,उत्पदन ,प्रयटन छेत्र,रेमिट्यान्स आदि पनि नेपालको आर्थिक वृद्धिदर उकास्ने मुख्य तत्व हुन। त्यसैले अझै पनि राजनैतिक दल चुनाबमा होमिदै गर्दा सपना बाढ्ने,अझै झुटको खेती गर्न माहिर छन जस्तो लाग्छ।
राजन आभाष

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी