चेल्सीले जित्यो २ खेल खेल्न बाँकी हुँदै उपाधि

249 Hits

chelsea
काठमाडौ, ३० बैशाख ।
वेष्ट ब्रुमलाई १–० ले पराजित गर्दै चेल्सीले २ खेल खेल्न बाँकी रहँदै इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । चेल्सीको जीतमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका बात्सुुईले ८२औं मिनेटमा गोल गरेका थिए ।
चेल्सीको यो छैटौं प्रिमियर लिग उपाधि हो। यसअघि २०१५ मा चेल्सीले उपाधि जितेको थियो। गत वर्ष १० औं स्थानमा रहँदै यो क्लबले सबैभन्दा खराब प्रदर्शन गरेको थियो।
यसपालि लिग जित्न चेल्सीले अंक तालिकामा दोस्रो स्थानमा रहेको टोटेनहामभन्दा १० अंकको अग्रता बनायो। चेल्सी ३६ खेलमा ८७ अंक जोडेर लिग विजेता बन्यो। उसले अझै २ खेल खेल्न बाँकी छ। टोटेनहामको ३५ खेलमा ७७ अंक छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी