मतदाता परिचय पत्रमा प्राविधिक समस्या, परिचय खुल्ने सरकारी कागजातका आधारमा पनि मददान गर्न सकिने

192 Hits

nirbachan-aayog
काठमाडौ, ३० बैशाख ।
निर्वाचन आयोगले स्थानिय तह निर्वाचनमा आइतबार हुने मतदानअघि विभिन्न स्थानमा मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएपछि परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ।
मतदाता नामावलीमा नाम भएको तर परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको र छाप्न छुटेकाहरुले यो सुविधा लिन सक्ने आयोगले जनाएको छ। तर त्यस्तो सुविधा लिन चाहाने व्यक्तिको नाम मतदाता नामावलीमा भने अनिवार्य रुपमा हुनु पर्ने आयोगको भनाइ छ।
मतदानको तीन दिनअघिदेखि नयाँ मतदाता परिचयपत्र वितरण गरिरहेको निर्वाचन आयोगले हालसम्म ४० प्रतिशत परिचयपत्र वितरण भइसकेको जनाएको छ।
नुवाकोट, धादिङ, दोलखा, लम्जुङ, कास्की लगायत निर्वाचन हुने कतिपय जिल्लाका मतदान केन्द्रमा आएका मतदाताले परिपत्र नपाएको, आफ्नो संकेत नम्बरमा नाम फरक परेको, फोटो फरक परेको जस्ता गुनासा गरेको बताइएको छ।
निकै हतारमा छापिएका मतदाता परिचयपत्रमा यस्तो समस्या देखिएपछि आयोगले त्यसको वैकल्पिक व्यवस्था सहितको निर्णय गरेको हो ।आयोगका सचिव गोपीनाथ मैनालीले भने, ‘यदि नागरिकता, राहदानी सवारीचालक ईजाजतपत्र, जग्गाधनी प्रमाण पुर्जा, सामजिक शुरक्षा कार्ड जस्ता फोटो भएको परिचयपत्र छ भने त्यसको आधारमा पनि मत दिन पाउने भन्ने निर्णय गरेका छौं।’
तर त्यस्तो अवसर लिनेहरुको मतदाता नामावलीमा नाम भने अनिवार्य रुपमा हुनु पर्ने आयोगले जनाएको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी