मतदानस्थल र केन्द्र सुरक्षाकर्मीको निगरानीमा,

60 Hits

गृह मन्त्रालयले ३४ जिल्लामा हुन गइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा तोकिएको सबै मतदानस्थल र केन्द्र सुरक्षाकर्मीको निगरानीमा रहेको जनाएको छ । ३, ४ र ६ नम्बर प्रदेशका २८३ मतदानस्थलमा सुरक्षाकर्मी खटिसकेको र सुरक्षा व्यवस्था मजबुत पारिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । सुरक्षाकर्मीले मतदानस्थल र केन्द्रआसपासको बाटोसमेत आफ्नो घेराभित्र लिइसकेको उनको भनाइ छ ।

अाजको नयाँ पत्रिकामा खबर छ– निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउन मतदानस्थल, मतपेटिका र मतपत्र सबै सुरक्षाकर्मीको निगरानी र नियन्त्रणमा रहेको उनले बताए । मतदानस्थलमा तीनवटै सुरक्षा निकाय तथा म्यादी प्रहरी खटिएका छन् । उपत्यकाबाहिर केही जिल्लामा सुरक्षा चुनौती रहेकाले निगरानी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रवक्ता पन्थीले बताए । ‘मतदानस्थलमा अराजक गतिविधि गर्नेलाई तुरुन्त कारबाही गर्न सुरक्षाकर्मीलाई अधिकार दिइएको छ,’ उनले भने ।

कसरी खटिँदै छन् प्रहरी र सेना ?
मतदानस्थलमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिने भएका छन् । सरकारले तोकेबमोजिमको दूरीमा नेपाली सेना र नेपाल प्रहरीका साथै म्यादी प्रहरीलाई सुरक्षा व्यवस्थाका लागि खटाइएको गृह मन्त्रालयले जनाएको छ । एउटा मतदानस्थलमा १५ देखि २० जनाको हाराहारीमा सुरक्षाकर्मी खटाइएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले बताए । तीनवटा प्रदेशका लागि करिब ८० हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी