काष्ठमाण्डप पुनः निर्माण अभियान परियोजना कार्यान्वयनको लागि सम्झौता

114 Hits

काष्ठमाण्डप पुनः निर्माण अभियान परियोजना कार्यान्वयनको लागि सम्झौता
काठमाडौ, २९ बैशाख ।
काष्ठमण्डप पुनःनिर्माण अभियान परियोजना कार्यान्वयनको लागि राष्ट्रिय पुनर्निमाण प्राधिकरण, पुरातत्व विभाग, काठमाण्डौ महानगरपालिका तथा काष्ठमण्डप पुनर्निमाणको लागि अभियानबीच सम्झौता भएको छ ।

प्राधिकरणको कार्यालयमा शुक्रबार आयोजित एक समारोहमा प्राधिकरणका तर्फबाट सह–सचिव यमलाल भुसाल, पुरातत्व विभागका तर्फबाट महानिर्देशक भेष नारायण दाहाल, काठमाण्डौ महानगरपालिकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल र काष्ठमण्डप पुनः निर्माण अभियानको तर्फबाट अध्यक्ष विरेन्द्र भक्त श्रेष्ठले पुनः निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् । पुन निर्माण सम्झौतामा हस्ताक्षर पछि राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्द पोख्रेलले काष्ठमण्डप पुन निर्माणमा सहयोग गर्न सबै नेपालीलाई आव्हान गरे ।

सम्झौता अनुसार अभियानले दुई बर्ष भित्र काष्ठमण्डपको पुनर्निमाणको काम गरिसक्नुपर्ने छ । प्राचिन स्मारक संरक्षण ऐन संसोधन सहित २०१३ र सो को नियमावलि २०४६, भुकम्प पश्चात् सम्पदा पुनर्निमाण गर्ने सम्बन्धी कार्य निर्देशिका २०७२ र प्रचलित मापदण्ड बमोमिज काष्ठमण्डप पुनर्निमाण गरिनुपर्ने छ । पुनर्निमाणका सम्बन्धमा विद्यमान मापदण्ड र नियमावलि अनुसार भए ÷नभएको अध्ययन अनुगमन भने पुरातत्व विभागले गर्ने छ । पुनः र्निमाण अभियानमा हस्ताक्षर कर्ता काठमाण्डौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलले सुरु देखि अन्त्य सम्म सम्झौताकर्ताहरुबाट आवश्यक समन्वय र गुणस्तर मापनमा अधिकतम अनुगमनका साथै कडाई गरिनुपर्नेमा जोड दिए ।

परियोजना संचालन गर्ने सम्बन्धमा पुरातत्व विभाग र काठमाण्डौ महानगरपालिकाले विद्यमान राष्ट्रिय नीति, ऐन, नियम, भवन संहिता, कार्यविधि, निर्देशिका, आदिको पालना गर्न गराउनका लागि समय समयमा प्राविधिक निरीक्षण, अवलोकन, सरसल्लाह, सुझाव तथा त्यस सम्बन्धमा दिएको निर्देशन काष्ठमण्डप पुनर्निमाण अभियानले पालना गर्नुपर्ने छ । पुन निर्माण अभियानले पुनर्निमाणमा भएको अध्यावधिक प्रगति विवरण हरेक तीन÷तीन महिनामा सरोकारवालाहरुको बैठक बोलाई जानकारी गराउनुपर्ने छ ।

नेपालको राष्ट्रिय गौरवको सम्पदा नेपालीकै सहयोगमा पुनर्निमाण गर्ने अभियान संचालन गर्ने दायित्व पुन निर्माण अभियानको रहेको छ । अभियानले संकलन गरेको वा यस प्रयोजनका लागि प्राप्त रकम बाणिज्य बैकमा खाता खोली जम्मा गर्नुपर्ने र चन्दा दाताको पहिचान सहितको विवरण राष्ट्रिय पुनर्निमाण प्राधिकरण लाई समेत जानकारी दिने गरी व्यवस्थापन गर्नुपर्ने छ । संकलित रकमको सरोकारित सबै पक्षको सहमतिबाट कार्यििध बनाई खर्च गर्नुपर्ने छ । पुनः र्निमाणका लागि आवश्यक काठ लगायतका जिन्सि सामान काठमाण्डौ महानगरपालिकाले उपलब्ध गराउने छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी