प्यूठान गहुँमा आत्मनिर्भर बन्दै

71 Hits

काठमाडौ, २९ बैशाख ।

यस बर्ष प्यूठानमा २३ हजार ९ सय ६८ मेटिक टन गहुँ उत्पादन भएको छ । जिल्लाको करिव ८ हजार ५ सय ६० हेक्टर क्षेत्रफलमा लगाईएको गहुँवालीबाट ७१ करोड ९० लाख ४० हजार बराबरको गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी अमर बिष्टले जानकारी दिए । उनले भने ‘गत बर्ष देखि जिल्लाबाट गहुँ निर्यात गर्न थालीएको छ ।’ आधुनीक खेतिमा खासै कृषकको चासो नदेखिए पनि आधुनिक गहुँ बाली लगाउने हुँदा उत्पादनमा बृद्धि भएको छ । समान क्षेत्रफलमा लगाइएको गहुँबालीबाट गत बर्ष भन्दा २ सय ५० मेटिकटन गहुँ उत्पादन बढेको छ । गत बर्ष जिल्लामा २३ हजार ७ सय १७ मेटिक टन उत्पादन भएको थियो । गहुँमा आत्मनिर्भर बनेको बिष्टको भनाई छ । गत बर्षमा जिल्लाबाट १५ मेटिक टन गहुँ बाली लुम्बीनी सिड्स रुपन्देही र रोल्पामा पठाइएको जिल्ला कृषि बिकास कार्यालयका सूचना अधिकारी अमर विष्टले जानकारी दिए ।
जिल्लाको सन्दर्भमा प्रमुख अन्नबाली मकै, धान पछिको गहुँ तेस्रो बालीको रुपमा लिइन्छ । भृकुटी, गौतम, विजय र ‘डव्लु के १२०४’, विजय जातविऊ प्रयोग गरिदै आईरहेको र यस बर्षमा इ एल १०२२, मुनाल, डाँफे र स्वर्गद्धारी जातको गहुँवाली भिंग्री, धर्मावती र खैरामा परिक्षण गरिएको छ । ‘किसानलाई उन्नत विऊको प्रयोग गर्न बढी जोड गरेका छौँ ।’ उनले भने ‘कृषि क्षेत्रको व्यवसायीकरणका लागि राज्यले पछिल्लो समय अनुदान सहितका कार्यक्रमहरुलाई विशेष जोड दिँदै आईरहेको छ ।’
गतवर्ष कार्यालयले गहुँ वालीतर्फ २ लाख वरावरको अनुदान सहितको कार्यक्रम संचालन गरिरहेकोमा अहिले गहुँ, धान बालीको लागि भनेर करिव २२ लाख बराबरको उपकरण अनुदान कृषकलाई हस्तान्तरण गरिएको उनको भनाई छ ।
गहुँ उत्पादन गर्ने किसानहरुका लागि कृषि विकास कार्यालय तथा कृषि तथा खाद्य सुरक्षा कार्यक्रमले जिल्लाको गहुँ उत्पादन प्रोत्साहनका लागि १ रोपनीमा ६ के।जी। गहुँको विउ, विउ राख्ने भाडामा अनुदान, १ लाख ६५ हजारका दरले मिनि थे्रसर, ६ वटा ठुला थ्रेसर लगायतका अनुदान दिइएको जनाएको छ ।
विजुवार, धर्मावती, मरन्ठाना, विजयनगर, दाखाक्वाडी, खैरा९हालको नगरपालिका०, ओखरकोट, बरौला, भिंगृ, विजुली, हंसपुर, बांगेशाल र धुवाङ गाविसहरु गहुँ बाली उत्पादनमा पकेट क्षेत्र मानिन्छन् । जिल्लाको कुल जनसंख्याको करिव ८० प्रतिशत कृषकहरुले गहुँ खेती गर्ने कार्यालयको तथ्यांक रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी