औषधि आयातकर्ताहरुको प्रदर्शन

186 Hits

काठमाडौ, २९ बैशाख ।

औषधि आयातमा लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै औषधी आयातकर्ताहरुले मुखमा कालो पट्टी बाँधेर विरोध प्रर्दशन गरेका छन् ।
नेपाल औषधि आयातकर्ता संघले शुक्रबार औषधी व्यवस्था विभागलाई मुखमा कालो पट्टी बाँधेर विरोध जनाएका हुन् । सरकारले विभिन्न ३५ प्रकारका गुणस्तरिय औषधिको आयातमा रोक लगाउने घातक निर्णय गरेको , स्वास्थ्यमन्त्री गगन थापाले मुनाफाको कुरा उठाएर आफुहरुलाई बदनाम बनाउन खोजेको दाबी उनीहरुले गरेका छन् । व्यवसायीले औषधी सर्वसुलभ गराउन आफुहरु लचकताका साथ प्रस्तुत हुंदा हुदै सरकारले औषधी आयातमा रोक लगाएको दाबी उनीहरुले गरेका छन् ।

विहिबार पत्रकार सम्मेलन गरी औषधि आयातकर्ताहरुको संगठन नेपाल औषधि आयातकर्ता संघले सरकारी निर्णय खारेजीको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । घोषित कार्यक्रम अन्र्तगत व्यवसायीले मुखमा कालो पट्टी बाँधेर शुक्रबार औषधी व्यवस्था विभागलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले माग सम्बोधन नभए औषधी आयात ठप्प पार्ने सम्मको चेतावनी दिएका छन् । स्वास्थ्य मन्त्रालयले औषधि आयातमा रोक लगाउने निर्णय गरेपछि आयातकर्ताहरुले सबै औषधिको आयात ठप्प पार्ने चेतावनी दिएका हुन् । नेपालमा वर्षेनी १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको औषधि आयात हुने गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी