वैशाख ३१ मा नेपाली जनताको जीत हुनेछ ः प्रधानमन्त्री

45 Hits

prachandaकठमाडौं, बैशाख –

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैसाख ३१ मा नेपाली जनताले जित्ने बताएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होईन स्थानीय तह पनि बन्न नसक्ने बताएका छन् । राजधानीका विभीन्न ठाउँमा भएका चुनावी सभाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘स्थानीय तह गाउँपंचायत गाविसको परीवर्तिन रुपमा बनाउका लागि हाम्रो धेरै पहलपछि दलहरु आएका छन’ उनले भने ‘मेरो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होईन स्थानीय तह पनि बन्न सक्ने थिएन ।’
उनले चुनाव देश र जनताको एजेण्डाले जित्नुपर्ने बताएका छन् । चुनाव कस्ले जित्छ भन्ने भन्दा पनि देश र जनताले जित्ने उनको भनाई छ । ‘देशमा ठूला राजनैतिक परीवर्तन भएपनि जनताको जीवन परीवर्तन नहुँदा जनतामा निराशा बढेकोले यो निर्वाचनले जनतालाई उत्साह थपेको छ’ उनले भने ‘वैशाख ३१ मा नेपाली जनताको जीत हुने छ ।’
प्रधानमन्त्री प्रचण्डले अव स्थानीय तह कार्यान्वयनपछि भ्रष्टाचार पनि रोकिने बताए । ‘अव केन्द्रले होईन स्थानीय तहले आफै विकासका काम गर्छ’ उहाँले भन्नुभयो ‘माथीबाट पैसा पठाउने र भ्रष्टाचार गर्ने प्रबृत्ति अव हुँदैन ।’
प्रधानमन्त्री प्रचण्डले यो सरकारले हुलाकी सडक, फाष्ट ट्रयाक नेपाली सेनालाई निर्माण गर्न दिएको, लोडसेडिङ्ग अन्त्य गरेको र आर्थिक बृद्धिदर ६.९४ प्रतिशत पु¥याउने लगायतका महत्वपूर्ण काम गरेको बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी