२ दर्जन वढि मिडियाले गरे आचारसंहिता उलंघन, कार्वाहीको प्रक्रिया शुरु हुँदै

137 Hits

20140303press-council-begins-probe-into-dil-shova-scandal-600x0काठमाडौँ, २६ वैशाख /

प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका सन्दर्भमा गरेको सञ्चार अनुगमनमा एक सातामा दुई दर्जन आचारसंहिता उलङ्घनका घटना पहिल्याएको छ ।

निर्वाचन आयोगको सहकार्यमा यही वैशाख १९ गतेबाट व्यवस्थितरुपमा काउन्सिलले सुरु गरेको सञ्चार अनुगमनमा विभिन्न छापा, रेडियो, टेलिभिजन र मुख्य अनलाइनमा गरी २५ वटा आचारसंहिता उल्लङ्घनका समाचार पाइएको हो ।

काउन्सिलले आफ्ना नियमित नौ कर्मचारी र नयाँ १२ जना गरी कुल २१ जनशक्ति परिचालन गरी सो अनुगमन गरेको हो । राजधानी काठमाडौँबाट प्रकाशित हुने मुख्य पत्रपत्रिकाका साथै पहिलो चरणमा निर्वाचन हुने प्रदेशका सञ्चार माध्यमलाई पनि अनुगमनमा राखिएको छ ।

काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठले व्यावसायिक र सन्तुलित समाचार भए÷नभएको र आयोगले जारी गरेको आचारसंहिता उलङ्घन भए÷नभएको सम्बन्धमा काउन्सिलले गुणात्मक र सङ्ख्यात्मक दृष्टिमा नमूना सर्वेक्षण विधिबाट अनुगमन गरिरहेको बताए ।

काउन्सिलका मुख्य प्रशासकीय अधिकृत झविन्द्र भुसालका अनुसार ती घटनाबारे आयोगलाई प्रतिवेदन पठाइएको र त्यसलाई चाँडै सार्वजनिक पनि गरिनेछ । भुसालले कोडिङसहित सफ्टवेयर प्रणालीबाट तयार हुने प्रतिवेदनबारे आयोगलाई दैनिक जानकारी दिइने बताए ।
सञ्चार अनुगमनका लागि आयोगले काउन्सिललाई रु ३० लाख दिने सम्झौता गरेको छ ।
अनुगमनकर्ताहरुले तयार गरेको प्रतिवेदनका आधारमा निर्वाचन आयोगसँगको समन्वयमा आवश्यक कार्वाहीको प्रक्रिया अगाडि वढाइने काउन्सीलले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी