मधेशी गठबन्धनसँग बालुवाटारको बैठकमा के भयो ?

140 Hits

baithakकाठमाडौं, २६ बैसाख ।
प्रमूख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र राजपाका नेताहरु बीचको बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
बैठकमा सरकारद्धारा संसदमा दर्ता गरेको संविधान संशोधन विद्ययेक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेशमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको थियो । बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन विद्येयक पारित गराउन सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिँदै स्थानीय तहको निर्वाचन सफल बनाउन दलहरु थप एकतावद्ध हुनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा राजपाका नेताहरुले संविधान संशोधन विद्येयक पारित गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका थिए भने प्रमूख तीन राजनीतिक दलका नेताहरुले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरेर संघीय गठबन्धनमा आवद्ध दलहरुलाई पनि निर्वाचनमा ल्याउन आफूहरुले थप छलफल गर्ने बताएका थिए ।
मधेशी नेता विजय कुमार गच्छदार सरकारमा सहभागि भएको भोलीपल्ट भएको बैठक सौहार्दपूर्ण तवरले सम्पन्न भएको छ ।
बैठकबाट बाहिरिँदै एमालेका उपाध्यक्ष बामदेव गौतमले महाभियोगमा हाम्रो समर्थन हुन्न तर मोर्चालाई चुनावमा ल्याउने विषयमा हाम्रो अवरोध नहुने बताएका हुन्। ‘सरकारले ल्याएको महाभियोग प्रस्तावको विषयमा कुनै सहमति हुन्न तर मोर्चालाई चुनावमा ल्याउने विषयमा हामी बाधक हुन्नौ,’ उनले भने। यस्तै बैठकमा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका केशव झाले पहिलेनै सरकारले संविधान संशोधन गरेको भए आफूहरू पहिलो चरणकै चुनावमा जाने बताए। ‘सरकारले पहिलै संशोधन गरेको भए हामी पहिलो चरणकै चुनावमा जान्थ्यौ। अब दोस्रो चरणको चुनावमा भाग लिने वातावरण बनाउन सरकारले जतिसक्दो चाडो संविधान संशोधन गरेर मार्ग प्रसस्त बनाउनुपर्छ।’ बैठकमा एमालेका तर्फबाट सुवास नेम्बाङ पनि सहभागि थिए।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री बिमलेन्द्र निधि, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी