चोलेन्द्रविरुद्ध पनि महाभियोग तयारी गर्न काँग्रेसले बोलायो सांसदलाई काठमाडौं

219 Hits

congressकाठमाडौं, २४ बैसाख/

सत्तारुढ नेपाली काँग्रेसले सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्ताव खारेज गर्ने सर्वोच्चको आदेशलाई पुनरवलोकनका लागि अदालत जाने कि भन्ने विषयमा पनि छलफल थालेको छ ।

‘अदालतको आदेशका विषयमा छलफल गर्न आइतबार हाम्रो पार्टीका सांसदको छलफल बोलाएका छौं’, कांग्रेसका सांसद एवं महाभियोग प्रस्तावका प्रस्तावक मीन विश्वकर्माले भने, ‘अदालतले क्षेत्राधिकार मिचेर आदेश दिएको छ । कसरी अघि बढ्ने भन्नेमा हामी परिवर्तनकारी अन्य दलसँग पनि छलफल गर्छौं ।’

कांग्रेसले चुनावमा खटिएका सबै सांसदलाई आइतबार बिहानसम्म काठमाण्डु आइपुग्न निर्देशन दिएको छ । कांग्रेसभित्र महाभियोग प्रस्ताव रोक्न आदेश दिने न्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध पनि महाभियोग ल्याउनुपर्ने विषयमा छलफल चलिरहेको एक सांसदले बताए ।

अदालतको आदेशलाई कसरी लिने भन्नेमा दलहरूबीच कुरा नमिल्दा आइतबार बोलाएको संसद् बैठक पनि बस्ने कि नबस्ने भन्ने अन्योल छ । ‘बैठक कसरी अघि बढाउने भन्नेमा सचिवालयलाई कुनै जानकारी आएको छैन’, संसद् सचिवालयका एक उच्च अधिकारीले भने । दलहरूबीच कुरा नमिले संसद् स्थगित हुने सम्भावना रहेको जानकारी ती अधिकारीले दिए ।- अन्नपूर्ण पोस्टबाट

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी