विप्लव कार्यकर्ताले लगाए जिपमा आगो , बम बनाउने उपकरणसहित ३ जना पक्राउ

134 Hits

पोखरा, २४ बैसाख । स्थानीय तहको निर्वाचनको विरोध गर्दै आएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कास्कीमा निर्वाचन प्रचारमा प्रयोग भएको जिपमा आगो लगाएका छन् । गएराती करिब साढे १२ बजे तिर आगलागी गरेको प्रहरीले जानकारी दिएको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका सार्दीखोलामा नेपाली कांग्रेसका उम्मेद्वारले चुनावका लागि प्रयोग गर्दै आएको ग१ज ६४४५ नम्बरको जिपमा आगलागी गरेको हो ।
आगलागीबाट जिपमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीले राति नै घटनामा संलग्न तीन जनालाई प्रक्राउ गरेको छ।

बम बनाउने उपकरणसहित ३ जना  पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अञ्चल प्रमुखसहित ३ जना बम बनाउने उपकरणसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जनकपुर अञ्चल व्यूरो प्रमुख सन्देश पौडेल, पानकुमार लामा, मिथिला चौहान पक्राउ परेका हुन् ।

बर्दिबास प्रहरीले उनीहरूको साथबाट नेपाली कांग्रेस लेखिएको स्टिकर–२ सय थान, स्थानीय निकाय खारेजीको पर्चा ३ सय थान, प्रेसर कुकर बनाउन प्रयोग गरिने उपकरणसहित बर्दिबासको टोलीले पक्राउ गरेको हो।

बर्दिबासका प्रहरी प्रमुख एसपी राजकुमार लम्सालकानुसार पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी