८५ वर्षको उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गने शेरचनको सपना पुरा भएन

658 Hits

काठमाडौं,

सबैभन्दा बढी उमेरमा सगरमाथा आरोरण गरी नयाँ रेकर्ड बनाउन खोज्न ८५ वर्षको उमेरमा  मीनबहादुर शेरचनको निधन भएको छ ।

८५ वर्षको उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गर्छु भन्दा शेरचनको ज्यान गएको हो । उनले सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाउन चाहेका थिए । म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित सगरमाथा आरोहणका लागि निस्किएका थिए ।

सन् २०१३ मा जापानका यूचीरा मिउराले ८० वर्षको उमेरमा सगरमाथा आरोहरण गरी सबै बढी उमेर उमेरमा सगरमाथा पुगेको रेकर्ड बनाएका छन् । शेरचनले मिउराको रेकर्ड तोड्न चाहेका थिए । शेरचनले यसअघि सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरी सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरेको रेकर्ड बनाएका थिए । तर मिराउले सन् २०१३ मा उक्त रेकर्ड तोडिदिएका थिए ।

सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुगेका शेरचनको ८५ वर्षीय शेरचनको शनिवार निधन भएको हो । उनको शनिबार बेलुका ५ बजेर १४ मिनेटमा आधार शिविरमै निधन भएको हो ।

 

 

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी